ग्यालेक्सी एस२३ स्मार्ट फोनको प्रि–अर्डर चापलाई मध्यनजर गर्दै सामसङले बजारमा बिक्री सुरु गरेको छ । गत वर्ष ग्यालेक्सी एस२२ सिरिजकोे भन्दा बढी प्रि–अर्डर आएको र त्यसमा पनि ८५ प्रतिशतभन्दा बढी अत्यधिक प्रिमियम ग्यालेक्सी एस२३ अल्ट्राको प्रि–अर्डर भएको कम्पनीले जनाएको छ ।
सामसङका निर्देशक प्रणयरत्न स्थापितले भने, ‘हाम्रा ग्राहकप्रति यो अविश्वसनीय प्रतिक्रियाका लागि अत्यन्त आभारी छौँ । यो प्रि–अर्डरको परिणामले हामीले नवीनतम प्रविधिको आविष्कार र सस्टेनिबिलिटीमा देखाएको प्रतिबद्धता र हाम्रो ब्रान्डप्रति ग्राहकले देखाउनुभएको बलियो विश्वास झल्किएको छ ।’
नयाँ २०० एमपी एडप्टिभ पिक्सेल सेन्सर र प्रतिष्ठित एम्बेडेड एस पेनसहितको ग्यालेक्सी एस२३ अल्ट्राद्वारा नेतृत्व गरिएको ग्यालेक्सी एस२३ सिरिजअन्तर्गत ग्यालेक्सी एस२३ प्लस र ग्यालेक्सी एस२३ पनि रहेका छन् । जसले सामसङको अल्टिमेट प्रिमियम फोन अनुभूतिको नयाँ युगको प्रतिनिधित्व गर्छ । ग्यालेक्सी एस२३ सिरिजमा एपिक क्यामराहरू जडित छन्, जसले प्रयोगकर्तालाई उनीहरूको सिर्जनशीलता अभिव्यक्त गर्न अझ बढी स्वतन्त्रता प्रदान गर्छ ।
यस्तै, यसमा भएको ग्यालेक्सीका निम्ति स्न्यापड्रागन ८ जेन २ मोबाइल प्लेटफर्मद्वारा विश्वकै सबैभन्दा तीव्र गतिको मोबाइल ग्राफिक्स छ र यसको आकर्षक डिजाइन जो अन्य कुनै सामसङ ग्यालेक्सी स्मार्ट फोनको तुलनामा पुनः प्रशोधित पदार्थहरूको अत्यधिक प्रयोगका साथ कम्पनीको दिगो प्रतिबद्धतालाई दर्साउने गरी गरिएको छ । ग्यालेक्सी २३ सिरिजले सामसङ मेसेज गार्डमार्फत मोबाइल सुरक्षालाई अर्को स्तरमा पु¥याएको छ । यो शक्तिशाली स्यान्ड बक्सिङ उपकरणले शून्य क्लिक शोषण आक्रमणहरूविरुद्ध पनि सुरक्षा प्रदान गर्छ ।