रामचन्द्र पौडेलले गरे उम्मेदवारी दर्ता

शनिबार, १३ फागुन, २०७९
डिजिटल संस्करण
रामचन्द्र पौडेलले गरे उम्मेदवारी दर्ता

तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गराएका छन्। बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन्।

पौडेलको प्रस्तावकमा शेरबहादुर देउवा, माधव नेपाल, नारायणकाजी श्रेष्ठ, अशोक राई र अब्दुल खान रहेका छन् भने समर्थकमा महन्थ ठाकुर, पूर्णबहादुर खड्का, रञ्जिता श्रेष्ठ, चित्रबहादुर केसी र हितराज पाण्डे छन्। उनलाई माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति, लोसपा, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका हुन्।

यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि एमालेको तर्फबाट उपाध्यक्ष सुवास नेम्वाङले उम्मेदवारी दिइसकेका छन्।

सुझावित समाचार