नेकपा एमालेको केन्द्रिय सचिवालय बैठक सुरु भएको छ । बैठक शनिबार बिहान पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको हो । बैठकले राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउनुको साथै पछिल्ला राजनीतिक घटनाक्रमबारे पनि छलफल गर्ने बताइएको छ ।
त्यस्तै सरकारमा बसिरहने वा नरहने भन्ने बारेमा पनि आजको बैठकले निर्णय गर्ने बताइएको छ । सत्तारुढ दलहरुबीच एमालेलाई राष्ट्रपति दिने सहमति भएपनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा नेपाली कांग्रेसले पनि समर्थन गरेसँगै सत्ता समीकरण फेरबदल हुन पुगेको हो ।
शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको ८ दलीय बैठकले नेपाली कांग्रेसलाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णय गरेसँगै नेकपा एमालेले आजको बैठकबाट सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्ने निर्णयमा पुग्ने बताइएको छ ।