अरुण चौधरीको नाम समावेश गरेर अन्तिम नामावली प्रकाशित

शुक्रबार, १२ फागुन, २०७९
डिजिटल संस्करण

राष्ट्रपति निर्वाचनका लागि सांसद अरुण चौधरीको नाम समावेश गरेर अन्तिम नामावली प्रकाशित भएको छ। शुक्रबार निर्वाचन अधिकृतको कार्यालयले सांसद चौधरीको नाम समावेश गरेर अन्तिम नामावली प्रकाशित गरेको हो। 

निर्वाचन अधिकृतको कार्यालयले संघीय संसद्का तीन सय ३१  र प्रदेश सांसद पाँच सय ५० गरी आठ सय ८१ जनाको  नामावली प्रकाशन गरेको हो।

दुई संघीय सांसद रवि लामिछाने र टेकबहादुर गुरुङबाहेकको नाम समावेश गरी नामावली प्रकाशन भएको छ। यसअघि फरार सूचीमा रहेका लक्ष्मी महत‍ो कोइरीको नामसमेत मतदाता सूचीमा समावेश थियो। 

सुझावित समाचार