हात्तीआतंक नियन्त्रण गर्न सांसद बर्ताैलाको माग

शुक्रबार, १२ फागुन, २०७९
डिजिटल संस्करण

एमालेका सांसद महेश बर्ताैलाले मकवानपुरमा भइरहेको हात्तीआतंक तत्काल नियन्त्रण गर्न सरकारसँग माग गरेका छन्। 

शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद बर्ताैलाले सोही हात्तीको आतंकबाट मृत्यु भएकी मनोहरी गाउँपालिकाकी ६४ वर्षीया राधा अधिकारीको परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन्। 

एक सातायता मकवानपुरको विभिन्न बस्तीमा सो हात्तीले आतंक सिर्जना गर्दा पनि वन मन्त्रालय र त्यसमातहतका निकायले नियन्त्रणका लागि कुनै पनि पहल नगरेको भन्दै आपत्तिसमेत जनाए। 

सांसद बर्ताैलाले सो हात्तीले आतंक फैल्याएपछि विद्यार्थीहरू विद्यालयसमेत जान नसक्ने अवस्था उत्पन्न भएको बताए। उक्त जंगली हात्तीको आक्रमणबाट आज पनि बकैयामा एकजनाको ज्यान गएको छ। 

सुझावित समाचार