सकियो चार दलकाे बैठक, राष्ट्रपतिको उम्मेदवार टुंग्याउन ५ बजे फेरि बस्ने सहमति

शुक्रबार, १२ फागुन, २०७९
डिजिटल संस्करण

बालुवाटारमा बसेको चार दलको बैठक सकिएको छ।

कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादी पार्टीका नेताहरूबीच राष्ट्रपतिको उम्मेदवारको टुंगो लगाउन साँझ ५ बजे फेरि बस्ने सहमति भएको छ। 

कांग्रेसबाट राष्ट्रपति र माधवकुमार नेपालको व्यवस्थापनका विषयमा बैठकमा मुख्य छलफल भएको छ। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस महामन्त्री गगनकुमार थापाले याे विषयमा आ–आफ्नो दलबीच छलफल गरेर ५ बजे बैठक बस्ने सहमति भएको जानकारी दिए। 
 

सुझावित समाचार