नेताहरूको दौडधुप : मन्त्रिपरिषद् बैठकपछि माओवादी, एस र जसपाको बैठक बस्ने

बिहिबार, ११ फागुन, २०७९
डिजिटल संस्करण

मन्त्रिपरिषद् बैठकपछि माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीको बैठक बस्ने भएको छ। प्रधानमन्त्री प्रचण्ड मन्त्रिपरिषद्को नियमित बैठकमा सहभागी भएपछि केहीबेर रोकिएको दुई दलको बैठकमा एकीकृत समाजवादी पनि सामेल हुन लागेको हो।

‘राष्ट्रपति, उपराष्ट्रपति र सरकार सञ्चालनलगायतका विषयमा छलफल प्रारम्भ भएको छ। र, त्यो निरन्तर जारी छ,’ पत्रकारहरूसँग जसपा अध्यक्ष उपेन्द्र यादवले भने, ‘बीचमा मन्त्रिपरिषद्को बैठक बस्ने भएकाले ब्रेक भएको छ।’

यसअघि माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरूबीच माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बसेको थियो।

सुझावित समाचार