सुपरदोर्दी ‘ख’ को ५४ मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा थपिँदै

बिहिबार, ११ फागुन, २०७९
डिजिटल संस्करण

लमजुङको दोर्दी खोलामा निर्माण सम्पन्न ५४ मेगावाटको सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय ग्रिडमा थपिने भएको छ । पिपुल्स हाइड्रोपावर कम्पनीले निर्माण आयोजनाको बाँध, विद्युत्गृह, सुरुङमार्ग सबै क्षेत्रको काम पूरा गरी उपकरण जडानसमेत सम्पन्न गरेर आन्तरिक परीक्षण गरेको कम्पनीले जनाएको छ । 

आयोजनाबाट फागुन मसान्तदेखि उत्पादन परीक्षण र चैतदेखि व्यावसायिक उत्पादन गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ । पछिल्लो तालिकाअनुसार ०७९ फागुनभित्र उत्पादन सुरु गर्ने लक्ष्य छ । आयोजना सम्पन्न भएपछि उत्पादन हुने विद्युत् दोर्दी करिडोर प्रसारण लाइनको कीर्तिपुर सबस्टेसनमा जोडिने आयोजनाका निर्देशक अर्जुन गौतमले बताए ।

आयोजना सम्पन्न गर्न आठ अर्ब ८० करोड लागत अनुमान गरिए पनि निर्माण अवधि लम्बिँदा खर्च बढ्ने देखिएको छ । आयोजनामा सानिमा बैंकको अगुवाइमा सातवटा बैंकले पाँच अर्ब ८० करोड रुपैयाँ ऋण लगानी गरेका छन् । 

सुझावित समाचार