विपन्न परिवारलाई पालिकाको घर उपहार

बिहिबार, ११ फागुन, २०७९
डिजिटल संस्करण

पाथीभरा–याङवरक गाउँपालिका ताप्लेजुङले पालिकाका अति विपन्न तीन परिवारलाई आवास निर्माण गरी बस्नका लागि दिएको छ। यस्तै, अर्काे एक परिवारका लागि घर निर्माणको कार्य भइरहेको छ। 

अति विपन्न परिवारलाई घर निर्माण गरेर हस्तान्तरण गरेको गाउँपालिका अध्यक्ष केशर मेन्याङ्बोले बताए। अध्यक्ष मेन्याङ्बोले अहिलेसम्म पालिकाका तीनवटा वडाका तीन परिवारलाई घर निर्माण गरिदिएको बताए। 

अध्यक्ष मेन्याङ्बोले वडा नम्बर १ नाङ्खोल्याङका मदनकुमार कामी, वडा नम्बर ५ चाक्सिबोटेका मनबहादुर राई र वडा नम्बर ३ तिरिंगेका विर्खबहादुर लिम्बूको परिवारलाई घर निर्माण गरिदिएको जानकारी दिए। 

यस्तै, वडा नम्बर ५ चाक्सिबोटेका कमला सेनेहाङका लागि घर निर्माण भइरहेको र निर्माण सम्पन्न भएपछि उक्त घर हस्तान्तरण गर्ने बताए। 

अध्यक्ष मेन्याङ्बोका अनुसार एक परिवारको घर निर्माणका लागि दुईदेखि चार लाखसम्म खर्च भएको छ। उनले आर्थिक अवस्था कमजोर भएका परिवारको पहिचान गरी बस्ने वासको व्यवस्था पालिकाले गर्दै जाने बताए। 

सुझावित समाचार