नेसनल लाइफ इन्स्योरेन्सले यसरी मनायो ३६औँ वार्षिकोत्सव

बुधबार, १० फागुन, २०७९
डिजिटल संस्करण

नेसनल लाइफ इन्स्योरेन्सले आज ३५औँ वर्ष पूरा गरी ३६औँ वर्षमा प्रवेश गरेको छ। कम्पनीले आफ्नो ३६औँ वार्षिकउत्सव विभिन्न कार्यक्रम आयोजना गर्दै मनाएको हो। 

कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौंमा विशेष रक्तदान कार्यक्रम सञ्चालन गरिएको थियो। जसमा कम्पनीका ५० भन्दा बढी कर्मचारी सहभागी थिए। 

उक्त अवसरमा देशभरमा ३४ वटा बाल र वृद्धाश्रममा खाना खुवाउने कार्यक्रमसमेत सम्पन्न गरिएको कम्पनीले जनाएको छ। यसका साथै कर्मचारी माझ विभिन्न खेलकुद कार्यक्रम सम्पन्न गरिएको छ।

नेपालको अग्रणी जीवन बिमा कम्पनीको रूपमा स्थापित यो कम्पनीले विगत वर्ष सरह चालू वर्षमा राम्रो व्यावसायिक प्रगति गरेको जनाएको छ।

संस्थापक समूह र सर्वसाधारण समूहको ५५ः४५ को अनुपात रहेको यस कम्पनीले आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट कम्पनीले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि नगद लाभांश पारित गरी साधारणसभा सम्पन्न गरी सकेको छ। 

कम्पनीको जीवन बिमा कोषमा रु. ५६ अर्बको हाराहरीमा रकम जम्मा भएको छ। आर्थिक वर्ष ०७७/७८ बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी चार अर्ब ६४ करोड रुपैयाँ छ । कम्पनीले आफ्ना बिमितहरलाई उत्कृष्ट बोनस दर प्रदान गर्दै आएको छ। कम्पनीले व्यावसायिकता, प्रविधिमैत्री पारदर्शिता एवं विश्वसनियतालाई थप अभ्यास गर्दै गुणस्तरीय बिमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। 

सुझावित समाचार