राष्ट्रपति निर्वाचनको नामावली प्रकाशन : फरार सूचीमा रहेका कोइरीको नाम पनि प्रकाशनमा

बुधबार, १० फागुन, २०७९
डिजिटल संस्करण

राष्ट्रपति निर्वाचनका लागि  मतदान गर्ने सांसदहरूको नामावली प्रकाशन गरेको छ । बुधबार निर्वाचन अधिकृतको कार्यालयले नामावली प्रकाशन गरेको हो । 

निर्वाचन अधिकृतको कार्यालयले संघीय संसद्का तीन सय ३१  र प्रदेश सांसद पाँच सय ५० गरी आठ सय ८१ जनाको  नामावली प्रकाशन गरेको हो ।

तीन संघीय सांसद रवि लामिछाने, अरुण चौधरी र टेकबहादुर गुरुङबाहेकको नाम समावेश गरी नामावली प्रकाशन भएको छ । फरार सूचीमा रहेका लक्ष्मी महतो कोइरीको नाम  भने मतदाता सूचीमा छ ।

सुझावित समाचार