फर्मल ड्रेसअप गर्दा ध्यान दिनुपर्ने कुरा

बुधबार, १० फागुन, २०७९
डिजिटल संस्करण

पर्फेक्ट फिटिङ : तपाईंले लुज कपडा लगाउँदा उमेर धेरै भएजस्तो देखिन्छ । भर्खरको देखिनका लागि न त धेरै लुज, न धेरै टाइट अर्थात् तपाईंको शरीरमा फिट हुने कपडा लगाउनुपर्छ । 

सही कलर :  ब्ल्याक कलरको सुट र ह्वाइट कलरको सर्टलाई युनिभर्सल कम्बिनेसन मानिन्छ । गहुँगोरो स्किन भएकालाई साइनिङ कलर छनोट गर्दा राम्रो देखिन्छ । रंंगिचंगी सर्ट रोज्नुको साटो एकै कलरको सर्ट रोज्नुभयो भने राम्रो हुन्छ । किनकि, फर्मल ड्रेसअप भनेकै सिम्पल र क्लासिक हो । त्यसैले धेरै टल्कने रङ पनि नछान्नुस् । दिउँसोको समय कुनै इभेन्टमा जाँदै हुनुहुन्छ भने ह्वाइट, लाइट ब्लुजस्ता लाइट कलरका सर्ट छान्नुस् । यदि रातको समारोह छ भने डार्क, नेभी ब्लु, मरुनजस्ता डार्क कलरका सर्ट छान्नुपर्छ । यदि सर्टमा प्याटर्न टाई गर्न चाहनुहुन्छ भने छोटो–छोटो प्याटर्नको सर्ट छान्नुहोस् ।

 पाइन्टको सही
लेन्थ :  पाइन्ट छान्दा सही लेन्थको छान्नुस् । तपाईंको पाइन्टको लेन्थ धेरै लामो भयो भने राम्रो देखिँदैन । धेरै छोटो पनि सुहाउँदैन । 

सुझावित समाचार