इजाजत लिएर मात्रै साहसिक पर्यटकीय पूर्वाधार बनाउन विभागको निर्देशन

बुधबार, १० फागुन, २०७९
डिजिटल संस्करण

साहसिक मनोरञ्जनात्मक पर्यटन पूर्वाधारका आयोजनाहरू निर्माण तथा सञ्चालन गर्दा संक्षिप्त वातावरणीय अध्ययन गरी इजाजत लिन पर्यटन विभागले निर्देशन दिएको छ । कतिपय लगानीकर्ताले व्यवसाय दर्ता नगरी, इजाजत नलिई र नवीकरणसमेत नगराई सहसिक पर्यटन व्यवसाय सञ्चालन गरिरहेको भन्दै विभागले ध्यानाकर्षण गराएको हो । 

वातावरण संरक्षण नियमावली, २०७७ को नियम ३ सँग सम्बन्धित अनुसूची १घ(२) अनुसार दुई करोडदेखि पाँच करोड रुपैयाँसम्म लगानी हुने बन्जी, स्विङ, क्यानोनिङ, स्काई डाइभिङ, जिप फ्लाइङ, हाई रोप्स, स्काई वाक, प्याराग्लाइडिङ, अल्ट्रालाइट, एम्युजमेन्ट पार्क, फनपार्कलगायत साहसिक पर्यटन पूर्वाधारका आयोजना निर्माण तथा सञ्चालन गर्दा संक्षिप्त वातावरणीय अध्ययन गरी इजाजत लिनुपर्छ । यदि अटेर गरेर व्यवसाय दर्ता नगरी, इजाजत नलिई, नवीकरण नगरी व्यवसाय सञ्चालन गरेमा प्रचलित कानुनबमोजिम दण्ड सजाय र जरिवाना गर्ने विभागले चेतावनी दिएको छ ।

पर्यटन ऐन, २०३५ को दफा ४५ (क)मा जलयात्रा, ग्लाइडिङ, जंगल सफारी, क्याम्पिङ, हाइकिङ, वर्डवाचिङ, स्किइङलगायत पर्यटन व्यवसाय दर्ता गर्ने, इजाजत लिने, नवीकरण गर्ने, सञ्चालन गर्ने, इजाजत निलम्बन गर्ने तथा दर्ता खारेज गर्ने सम्बन्धमा तोकिएबमोजिम हुने प्रावधान रहेको छ ।  

सुझावित समाचार