कार्यसम्पादनमा धनकुटा नगरपालिका जिल्लाकै प्रथम

सोमबार, ८ फागुन, २०७९
डिजिटल संस्करण

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा धनकुटाका सातवटै पालिकामध्ये सबैभन्दा बढी अंक ल्याएर धनकुटा नगरपालिका प्रथम बनेको छ।     

प्रदेश तथा स्थानीय सरकारको वित्तीय समानीकरण अनुदान सिफारिस गर्न आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा ६६.६० अंक प्राप्त गर्दै धनकुटा नगरपालिका प्रथम बनेको हो। प्रदेशका १ का १४ जिल्लाका १३७ पालिकामध्ये धनकुटा नगरपालिका ९औँ स्थानमा छ।

कार्यसम्पादन मूल्यांकनमा राम्रो नतिजा आएपछि नगरपालिकाका मेयर चिन्तन तामाङले खुसी व्यक्त गरेका छन्। ‘कामको मूल्यांकनका आधारमा तुलनात्मक रूपमा हामी राम्रो पोजिसनमा छौँ,’ मेयर तामाङले भने, ‘अब आगामी वर्ष अझै राम्रो नतिजा ल्याउने गरी काम गर्छौँ।’

आयोगले ११ वटा सूचकका आधारमा सातवटै प्रदेश सरकार र १७ वटा सूचकको आधारमा ७५३ वटै पालिकाको कार्यसम्पादन मूल्यांकन गरेको थियो। आयोगद्वारा सार्वजनिक प्रतिवेदनअनुसार धनकुटाका सातवटा पालिकामध्ये पाख्रिवास नगरपालिकाले सबैभन्दा कम ४७.०९ अंक पाएको छ।
 

सुझावित समाचार