एमाले परित्याग गरेको दुर्गा प्रसाईंको घोषणा

आइतबार, ७ फागुन, २०७९
डिजिटल संस्करण

एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईंले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । एमालेको प्रदेश १ कमिटीले कारबाहीका लागि पार्टी केन्द्रलाई सिफारिस गरेपछि प्रसाईंले आज एमाले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । 

उनले केही दिनअघि पूर्वराजा ज्ञानेन्द्रसहित पूर्वराजपरिवारका सदस्यलाई सहभागी गराएर १ फागुनमा झापामा कार्यक्रम गरेका थिए । त्यसपछि प्रसाईंलाई कारबाही गर्न एमालेको प्रदेश कमिटीले केन्द्रमा सिफारिस गरेको थियो । 

पार्टीको नीति र सिद्धान्तविपरीत गतिविधिमा संलग्न भएपछि निष्कासन गर्न सिफारिस गरेको प्रदेश कमिटीले जनाएको छ । 

सुझावित समाचार