संखुवासभाको पाँचखपन नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा तीनजना घाइते भएका छन्।
शनिबार राति ९ बजे पाँचखपन नगरपालिका–२ स्थित नारदे भञ्ज्याङमा ना. ७ त ५७४५ नम्बरको ट्याक्टर दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए।
उनको अनुसार घाइते हुनेमा सोही ट्याक्टरमा सवार पाँचखपन–१ का ५९ वर्षीय भैरव थापा, सभापोखरी—६ स्वाचीका २४ वर्षीय नीरबहादुर पुरी र ट्याक्टरका सहचालक सुजन दर्जी छन्।
घाइतेहरूको बाना प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। घाइतेहरूको अवस्था खतरामुक्त रहेको स्वास्थ्य केन्द्रले जनाएको छ। ट्याक्टरका चालक धनकुटा सिधुवा बस्ने देवेन्द्र राय भने फरार छन्। उनको खोजतलास भइरहेको प्रहरीले जनाएको छ।