सजाय माफी पाएपछि मुगुका दुई कैदी कारागारमुक्त

आइतबार, ७ फागुन, २०७९
डिजिटल संस्करण

७३औँ प्रजातन्त्र दिवसको अवसरमा मुगुका दुई कैदी जुम्ला कारागारबाट मुक्त भएका छन्। मुगुका ३२ वर्षीय ज्ञानजन भन्ने पदम लाउट र सुशील शाही प्रजातन्त्र दिवसको अवसरमा आममाफी पाएर कारागारमुक्त भएका हुन्।

एक वर्ष कैद तोकिएका बहुविवाह मुद्दामा लाउट ५० प्रतिशत कैद भुक्तान गरेर प्रजातन्त्र दिवसको अवसरमा आममाफी पाएर कारागारमुक्त भएको जेलर विष्णुबहादुर महतले बताए। 

यस्तै, मुगुकै दुई वर्ष कैद तोकिएका शाहीले आत्महत्या दुरुत्सादन मुद्दामा ५० प्रतिशत कैद भुक्तान गरी आममाफी पाएको कारागार जुम्लाले जनाएको छ। कारागारमुक्त भएका दुवैलाई उनीहरूका आफन्तलाई बुझाएको जनाइएको छ।  

देशभरका तीन सय ९५ कैदीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्य सजाय माफी गरेकी छिन्।
 

See More On

सुझावित समाचार