प्रहरी बन्दाको खुसी

शनिबार, ६ फागुन, २०७९
डिजिटल संस्करण

भरतपुर महानगरको बाइपास रोडमा रहेको नेपाल प्रहरी शिक्षालयबाट दिक्षित भएर चार सय सात जना नेपाल प्रहरीको सेवामा प्रवेश गरेका छन् । शुक्रबार तालिम पुरा गरेका प्रहरी जवानहरुलाई प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहले दिक्षित गराईं औपचारीक रुपमा सेवा सुरुका लागि निर्देशन दिएकी थिइन् ।

प्राविधिक प्रहरी जवान आधारभूत तालिम २-३ समूहका उनीहरु सबै प्राविधिक प्रहरी जवान पदमा नियुक्त भएका हुन् । उनीहरुले संचार, सूचना प्रविधि/कम्प्युटर, आवास तथा भौतिक इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ तथा सवारी, स्वास्थ्य, संगीत विद्यालय लगायतका पदमा रहेर प्रहरी सेवा दिने छन् । 

११ असोज देखि सुरु भएको नेपाल प्रहरीको प्राविधिक प्रहरी जवान पदमा तालिम सकेर सकेर दिक्षित भएकाहरुमध्ये ७२ जना महिला छन्। तालिममा चार सय १३ जना सहभागी भएको भएपनि दुई जना स्वास्थ्यका कारण तालिम रद्ध भएको थियो भने चार जनाको विभिन्न कारणले सेवा अन्त्य गरिएको थियो ।

भरतपुरको नेपाल प्रहरी शिक्षालयमा खुशी साट्न तालिम पुरा गरेर प्रहरी बन्न सफल भएकाहरु परिवार, आफन्त र साथीभाइसँगै दिक्षान्त समारोहमा थिए। दिक्षान्तको औपचारिक समारोह सकिएपछि दिक्षित भएका प्रहरीले परिवार र आफन्तसँग भेटघाट गर्दै खुसी साटे ।

अधिकांशका परिवारले दुबो र फुलको माला लगाएर सँगै मिठाई, केक, सगुन खुवाएर खुशी बाँडे। सबै जना तस्विर कैद गर्न व्यस्त बनेको दृश्य रोचक देखिन्थ्यो । लामो समयको कडा तालिमपछि पाएको सफलता उनीहरुको अनुहारमा खशीसँगै अनुहारमा नेपाल प्रहरी हुँदा देश भक्ति झल्कन्थ्यो । 
 

See More On

सुझावित समाचार