मुक्तिनाथ कृषि कम्पनीको ‘डिलर मिट’ सम्पन्न

बिहिबार, ४ फागुन, २०७९
डिजिटल संस्करण

‘कृषकसँग मुक्तिनाथ’ र ‘उपभोक्तासँग मुक्तिनाथ’ अभियानमार्फत कृषि मूल्य शृंखला व्यवस्थापनमा व्यवस्थापकीय भूमिका निर्वाह गर्ने उद्देश्यका साथ स्थापना भएको मुक्तिनाथ विकास बैंकको सहयोगी कम्पनी मुक्तिनाथ कृषि कम्पनीले आफ्ना व्यावसायिक साझेदारहरूको वार्षिक सम्मेलन चितवनको भरतपुरमा सम्पन्न गरेको छ ।

कार्यक्रमको अध्यक्षता ग्रहण गरेका मुक्तिनाथ विकास बैंकका अध्यक्ष एवं मुक्तिनाथ कृषि कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालले स्थानीय क्षेत्रमा कृषि उद्यमीसँग नजिक रहेर कृषि प्रविधि तथा सेवा विस्तारमा खटिएका व्यावसायिक साझेदारहरूको कृषि क्षेत्रको वास्तविक समस्या पहिचान, कृषि मूल्य शृंखलाको उचित व्यवस्थापन तथा समग्र कृषि उत्पादन र उत्पादकत्व वृद्धिमा अत्यन्त महत्वपूर्ण भूमिका रहेको बताए ।

आफ्ना व्यावसायिक साझेदारहरूको व्यावसायिक क्षमता अभिवृद्धि, समस्याहरूको पहिचान, दूरदराजका कृषकहरूमाझ सर्वसुलभ रूपमा गुणस्तरीय कृषि प्रविधि तथा सेवाहरू विस्तार गर्न भावी रणनीतिसमेत तयार गर्ने उद्देश्यका साथ सिएमटी रिसोर्ट भरतपुरमा सञ्चालित उक्त सम्मेलनमा देशभरका व्यावसायिक साझेदारहरूको उपस्थिति रहेको कम्पनीका कर्पोरेट ब्रान्ड एन्ड कम्युनिकेसन विभागका प्रमुख रोशन मल्लले बताए ।

सम्मेलनमा ‘बेस्ट च्यानल पार्टनर ०७८/७९’, ‘बेस्ट इनिसिएटर अफ द इएर ०७८/७९’, ‘योङ एग्रो आन्टरप्रेनर ०७८/७९’ विधाहरूमा उत्कृष्ट व्यावसायिक साझेदार र कम्पनीका बजार प्रतिनिधिमध्ये एकजनालाई ‘एमकेसिएल च्याम्प अफ द इएर ०७८/७९’ बाट सम्मान गरिएको थियो ।

सुझावित समाचार