लुम्बिनी जनरल इन्स्योरेन्सले काठमाडौंको मीनभवनस्थित विश्व शान्ति बिहारस्थित विश्व शान्ति बौद्ध शिक्षालयमा भिक्षु शिक्षा अध्ययनरत १० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ।
कम्पनीले प्रतिविद्यार्थी वार्षिक १२ हजारको दरले एक लाख २० हजार रुपैयाँबराबरको छात्रवृत्ति प्रदान गरेको छ।
कम्पनीले गत माघ २२ गते निधन भएका आफ्ना संस्थापक अध्यक्ष हिमालयशमशेर राणाको १२औँ दिनको पुण्यतिथिका अवसरमा उक्त छात्रवृति प्रदान गरेको हो।
उक्त कार्यक्रममा एक घन्टा स्व. राणाको जीवनी, उहाँले देशलाई पुर्याउनुभएको योगदानको चर्चा गर्नुको साथै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै बौद्ध धर्मगुरु तथा भिक्षुहरूले गुणानुस्मृति र परित्राण पाठ गरेका थिए।
उक्त कार्यक्रममा कम्पनीका अध्यक्ष मनोहरदास मुल, सञ्चालक विश्वराज रेग्मी, पूर्वसञ्चालक शंकर घिमिरे, प्रमुख कार्यकारी अधिकृत एनपी प्रधानलगायत कम्पनीका उच्च पदाधिकारीहरूको उपस्थिति थियो।