केराटिन हेयर ट्रिटमेन्ट किन गर्ने ?

बिहिबार, ४ फागुन, २०७९
डिजिटल संस्करण

कपाल सुन्दर, स्वस्थ र स्टाइलिस बनाउने सबैको इच्छा हुन्छ । त्यसैले पछिल्लो समय केराटिन हेयर ट्रिटमेन्ट लोकप्रिय बन्दै गएको छ । कपाल सुक्खा हुने, झर्ने, टुक्रिने समस्याबाट मुक्ति पाउन अधिकांशले यस्तो हेयर ट्रिटमेन्ट गर्छन् । 

कसरी गर्ने ?
- सुरुमा स्याम्पु प्रयोग गरेर कपाललाई सफा गर्नुपर्छ । 
- त्यसपछि कपाललाई सुकाउने र कपाल मुलायम बनाउने क्रिम प्रयोग गरेर झन्डै ३० देखि ४० मिनेटसम्म छाडिदिने । 
- कपाललाई सफा पानीले पखालेर कम तापक्रममा स्ट्रेट गर्ने, त्यसपछि राखेर बिस्तारै आइरन गरिन्छ । 
- सफा पानीले कपाल पखालेर अन्तिममा हेयर स्क्रब लगाउने । त्यसको दुई–तीन दिनपछि फेरि ट्रिटमेन्ट गर्नुपर्छ । जसले गर्दा कपाल लामो समयसम्म सुक्खा हुन पाउँदैन । 

फाइदा 
सामान्यतया शरीरमा नङ, छाला र रौँ निर्माणका लागि केराटिन नामक प्रोटिन आवश्यक हुन्छ । कपालमा विभिन्न रसायनको प्रयोग गर्दा यो नष्ट हुँदै जान्छ र कपालमा समस्या देखिन्छ । त्यसपछि विभिन्न ब्रान्डेड क्रिम प्रयोग गरेर कपाललाई सीधा, बाक्लो र बलियो बनाइन्छ ।

यो विधिले कपाललाई नेचुरल स्ट्रेट बनाउन सकिने भएकाले अधिकांशको रोजाइमा पर्ने गरेको छ । यसमा फार्मल्डिहाइड, कन्डिसनर तथा केराटिनको प्रयोग गरी कपाल स्ट्रेट, बाक्लो र बलियो बनाइन्छ । फार्मल्डहाइडको उपयोगले कपाल लामो समयसम्म सीधा र नरम हुन्छ । 

सुझावित समाचार