अनेरास्ववियुको सचिवमा रिता ढकालको उम्मेदवारी

बिहिबार, ४ फागुन, २०७९
डिजिटल संस्करण

एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय सचिवमा नेतृ रिता ढकालले उम्मेदवारी दिएकी छिन् । नेतृत्वमा सहमति नजुटेपछि अघि बढेको निर्वाचन प्रक्रियाअनुसार ढकाल प्रतिस्पर्धामा आएकी हुन् ।

बुधबार पार्टी नेता र अनेरास्ववियुका पूर्वअध्यक्षहरू सम्मिलित अध्यक्षमण्डलले सहमतिको प्रयास गरे पनि सम्भव भएको थिएन । यससँगै आज मतदान हुन लागेको हो ।

अनेरास्ववियुमा एक अध्यक्ष, चार उपाध्यक्ष, एक महासचिव, १० सचिव, एक कोषाध्यक्षसहित एक सय ९९ जनाको कार्यसमिति रहनेछ । बुधबार नामावली प्रकाशन, दाबी–विरोध र मनोनयन दर्ता भइसकेको छ।

अनेरास्ववियुको अध्यक्षमा पाँचजनाको उम्मेदवारी परेको छ । भावी नेतृत्वका लागि निवर्तमान वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र महासचिव प्रतिस्पर्धामा उत्रिएका छन् । निवर्तमान वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्षहरू लोकेश निरौला र मोती विक, वाङ्छु योन्जन तथा महासचिव समिक बडालले उम्मेदवारी दर्ता गराएका छन् ।

सुझावित समाचार