महतो हत्यामा तीनजना दोषी ठहर

बिहिबार, ४ फागुन, २०७९
डिजिटल संस्करण

वातावरण अभियन्ता ओमप्रकाश महतो दिलीपको हत्यामा संलग्नमध्ये तीनजनालाई जिल्ला अदालतले दोषी ठहर गरेको छ । जिल्लाको मिथिला नगरपालिका– ५ श्रीपुरका महतोको हत्यामा संलग्न तीनजनालाई जिल्ला अदालतले बुधबार दोषी ठहर गरेको हो । 

जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले हत्यामा संलग्न विपिन महतो, जितेन्द्र महतो र मुनीन्द्र महतोलाई दोषी ठहर गरेको अदालतका स्रेस्तेदार विकास बस्नेतले जानकारी दिए ।

घटनाका अन्य अभियुक्तहरू क्रसर उद्योग सञ्चालक विनोद महतो र कामदारहरू सत्यनारायण महतो, शत्रुधन महतो र रोशनकुमार महतोलाई अदालतले सफाइ दिएको उनले बताए ।

अदालतले विपिन र जितेन्द्रलाई घटनामा मुख्य योजनाकार र मुनीन्द्रलाई मतियार ठहर गरेको छ । यी तीनैजनालाई मुख्य दोषी ठहर गरे पनि सजाय निर्धारण गर्न बाँकी छ । 

सुझावित समाचार