‘द भ्वाइस अफ नेपाल’ सिजन ४ को ब्याटल राउन्डसम्म पुग्न सफल गायक आरसी रिमालको नयाँ म्युजिक भिडियाे ‘देखेँ तिमीलाई’ सार्वजनिक भएको छ।
आरसीको आफ्नै युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको हो। वसन्त श्रेष्ठको शब्द रहेको गीतमा आरसीले नै संगीत भरेका छन् भने देवेश राईले अरेन्ज तथा मिक्सिङ गरेका छन्।
म्युजिक भिडियोमा शीतल सिलवाल र जेनेलिया श्रेष्ठको अभिनय छ। दिनेश पराजुलीले छायांकन गरेका भिडियोलाई उत्तर रानामगरले निर्देशन तथा सम्पादन गरेका हुन्।