प्रविधिले मात्र देश विकास सम्भव छ : सञ्चारमन्त्री शर्मा

मंगलबार, २ फागुन, २०७९
डिजिटल संस्करण

सूचना, प्रविधि तथा सञ्चारमन्त्री रेखा शर्माले विज्ञान र प्रविधिको विकासले मात्र समग्र देसको विकास हुने बताएकी छिन्। नेपालगन्जमा पहिलोपटक आयोजना गरिएको ‘हिमालयन विज्ञान मेला’ को उद्घाटन गर्दै मन्त्री शर्माले प्रविधिमा फड्को नमारेसम्म देशको समग्र विकास हुन नसक्ने बताइन्।

उनले विज्ञान र प्रविधिको विकासका लागि वर्तमान सरकारले प्रविधिको विकास, सदुपयोग एवं विस्तारका लागि कुनै पनि कसर बाँकी नराख्ने स्पष्ट पारिन्। ‘अहिले सञ्चार मन्त्रालयमा प्रविधि पनि जोडिएको छ। मन्त्रालयले साइन्स र प्रविधिलाई जोडेर लैजाने योजना बनाएको छ,’ उनले भनिन्। 

संविधानसभा सदस्यसमेत रहेकी पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदीले प्रदर्शनीमा राखिएका सामग्रीले विज्ञान र प्रविधिको क्षेत्रमा टेवा पुग्ने बताइन्। उनले कृषि र रोजगारलाई पनि प्रविधिसँग जोडेर अगाडि बढ्न सुझाव दिइन्।

नेपालगन्जस्थित रंगशालामा आयोजना गरिएको दुई दिने मेलामा विभिन्न विद्यालयका विद्यार्थीले निर्माण गरेका विज्ञान र प्रविधिसम्बन्धी ५० भन्दा बढी स्टल राखिएको हिमालयन साइन्स फाउन्डेसनका अध्यक्ष आतंक बस्नेतले बताए। उनले कक्षा ८– १२ सम्मका विद्यार्थीले तयार पारेका सामग्री प्रदर्शनका लागि राखिएको जानकारी दिए।
 

सुझावित समाचार