सुनकोसी गाउँपालिका– ६ टिमुरेको कोल्दौङदेवी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । स्वर्गीय हजुरबुबा चित्रबहादुर थापा र हजुरआमा बालकुमारी थापाको वार्षिक पुण्यतिथिमा नातिहरूले विद्यार्थीलाई शैक्षिक सामग्री र पुस्तकालयका लागि आवश्यक पुस्तक सहयोग गरेका हुन् ।
स्थानीय विष्णु थापा र रामकुमार थापाले इसिडीदेखि १० कक्षासम्मका विद्यार्थीलाई कापी, कलम, सिसाकलम र पुस्तकालयका लागि पुस्तक सहयोग गरेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रमोद तामाङले जानकारी दिए ।
स्वर्गीय चित्रबहादुर उक्त विद्यालयका पूर्वप्रधानाध्यापक एवं विद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्षसमेत थिए । सहयोगप्रति विद्यालय व्यवस्थापन समिति अध्यक्ष तामाङले दुवै दाजुभाइलाई धन्यवाद ज्ञापन गरे ।