सुदूरका आयोजनामा बजेटको कमी हुँदैन : प्रधानमन्त्री प्रचण्ड

मंगलबार, २ फागुन, २०७९
डिजिटल संस्करण

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सुदूरपश्चिमका ठूला आयोजनामा बजेटको कमी हुन नदिने बताएका छन् । सोमबार महेन्द्रनगरमा कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा भएको सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सुदूरपश्चिममा सञ्चालित ठूला गौरवका आयोजनामा बजेटको कमी हुन नदिने प्रतिबद्धता जनाएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले यस क्षेत्रमा रहेका सुक्खा बन्दरगाह, जलविद्युत् आयोजना, त्रिदेशीय नाका विस्तारलगायतका योजना सरकारले द्रुत गतिमा अघि बढाउने बताए । सुदूरका नौवटै जिल्लामा सञ्चालित आयोजना द्रुत गतिमा अघि बढाउन सरकारले नीति, कार्यक्रम तय गरेको बताए । प्रचण्डले आफू तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त हुँदा विकास आयोजना सुदूरपश्चिमबाटै सुरुवात गरेको बताए । ‘अब राम्रोलाई पुरस्कार र नराम्रोलाई कारबाही गर्छौँ,’ उनले  भने, ‘अबको आवश्यकता काम हो, ‘यथास्थितिमा रुमल्लिनेछैनौँ, जनताको निराशा आशामा बदल्छु ।’ 

पहिलोपटक प्रधानमन्त्री हुँदा यस क्षेत्रको शैक्षिक वृद्धि विकासका लागि सुदूरपश्चिम विश्वविद्यालय स्थापना गरिएको अहिले तेस्रोपटक प्रधानमन्त्री हुँदा गेटा मेडिकल कलेजलाई सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णयअनुरूप अघि बढाइने बताए । 

See More On

सुझावित समाचार