नेकपा (एमाले)ले वैचारिक तथा सांगठनिक सुदृढीकरण लागि दुईमहिने ‘मिसन ग्रासरुट’ अभियान आजदेखि सुरु गरेको छ। निर्वाचनपछि पार्टी र जनताको सम्बन्ध ताजगीकरण गर्न एमालेले सो अभियान सुरु गरेको हो।
अभियानका क्रममा यही फागुन ५ मा सातै प्रदेशमा अभिमुखीकरण कार्यक्रम आयोजना हुनेछ। पन्ध्रौँ सचिवालय बैठकले पार्टीको आन्तरिक जीवनलाई व्यवस्थित गर्न पार्टी सुदृढीकरण तथा विस्तार अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो।
केन्द्रीय प्रचार विभागका सचिव गगन विष्टका अनुसार पार्टीको वैचारिक तथा सांगठनिक सुदृढीकरण अभियानमा केन्द्रीय कमिटीका सदस्य दुई महिना स्थानीय तहमा रहेर पार्टीले निर्धारण गरेका ११ वटा कार्ययोजनाअनुसार कार्यसम्पादन गर्नुपर्नेछ।