काठमाडौंको बालाजु बाइपास क्षेत्र तनावग्रस्त बनेको छ। यातायात मजदुर कुटिएको विरोधमा यातायात व्यवसायीले सुरु गरेको प्रदर्शन हिंसात्मक बनेको हो ।.jpg'_'.2023-02-13.jpg)
प्रदर्शनकारीले प्रहरीको भ्यानसमेत जलाइदिएका छन्। मजदुरमाथि भएको हातपातको विरोधमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सडकमै गाडी रोकेर प्रदर्शन गरेका थिए।.jpg'_'.2023-02-13.jpg)
यातायात खुलाउन प्रयास गरेको प्रहरी र यातायात मजदुरबीच झडप हुँदा चक्रपथको बालाजु बाइपास खण्ड तनावग्रस्त भएको हो।.jpg'_'.2023-02-13.jpg)
नयाँ बसपार्कस्थित ल्होत्से मलले पार्किङ शुल्क बढाउने भएपछि विवाद भएको थियो। विवाद मिलाउन गएको प्रहरीसँग यातायात व्यवसायीको झडप भएको यातायात व्यवस्था विभागका महानिर्देशक तुलसी गौतमले बताए।.jpg'_'.2023-02-13.jpg)
सडकमा टायर बालेर प्रदर्शन गरिएको छ भने प्रहरीमाथि मजदुरहरूले इँटा र ढुंगा प्रहार गरेका छन्। प्रहरीले पनि लाठीचार्ज गरेको छ।.jpg'_'.2023-02-13.jpg)