एटिएम मेसिन फोडी रकम झिक्दै गरेका चारजना पक्राउ

सोमबार, १ फागुन, २०७९
डिजिटल संस्करण

एटिएम मेसिन तोडफोड गरी रकम चोरी गर्ने धन्दामा संलग्न च्यासलका २३ वर्षीय सन्तोष तामाङ, २३ वर्षीय कान्छाराम तामाङ, सुनाकोठीका २० वर्षीय विश्वास मगर र गोदावरीस्थित ठेचो बस्ने २५ वर्षीय कुशल लामा पक्राउ परेका छन् ।

उनीहरूले ललितपुर महानगरपालिका एकान्तकुनास्थित ग्लोबल आइएमई बैंकको एटिएम मेसिन तोडफोड गरी रकम चोरी गर्ने प्रयास गरेका थिए । प्रहरीले उनीहरूका साथबाट चक्कु, क्यामरा, फलामको रड, खुकुरी, ह्याम्बर, एयरफोनलगायतका सामग्री बरामद गरेको छ । 

सुझावित समाचार