सेयर बजार राताम्मे, तीन अर्ब चार करोडकाे काराेबार

आइतबार, २९ माघ, २०७९
डिजिटल संस्करण

साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार उच्च अंकले घटेको छ।सेयर बजार परिसूचक नेप्से आज ६० दशमलव ७७ अंक्ले घटेर दुई हजार एक सय २१ दशमलव ८७ विन्दुमा झरेको छ।

आज सबै समूहको सेयर घटेको छ। यसमा पनि बिमा, माइक्रोफाइनान्स, जलविद्युत् र उत्पादन समूहको सेयर उच्च अंकले ओरालो लागेको छ।

यस दिन दुई सय ५३ वटा कम्पनीका ८१ लाख ३९ हजार कित्ता सेयर किनबेच हुँदा तीन अर्ब चार करोड ७७ लाख रुपैयाँमा कारोबार भएको छ। सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको १४ करोड ३५ लाख रुपैयाँको सेयर किनबेच भएको छ। 

आज सबैभन्दा धेरै ङादी ग्रुप पावर, हिमालयन पावर पार्टनर, खानीखोला जलविद्युत्, ग्रिन लाइफ हाइड्रो, वरुण हाइड्रो र राधी जलविद्युत् कम्पनीको सेयर ६ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ। आज समग्रमा बजार राताम्मे भए पनि खप्तड लघुवित्त र साम्लिङ पावर कम्पनीको सेयर बढेको छ। 

सुझावित समाचार