राष्ट्रपतिको सवारीका वेला प्रहरीले चिकित्सक कुटेको विरोधमा चिकित्सकले आन्दोलन सुरु गरेका छन् । चिकित्सकले हातमा कालो पट्टी बाँधेर आज देशभर आकस्मिकबाहेकका सबै सेवा बन्द गरेका हुन् ।
.jpg'_'.2023-02-12.jpg)
राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा सुरक्षामा खटिएका प्रहरीको लाठीचार्जबाट शुक्रबार राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक डा. जनिथलाल सिंह र वीर अस्पतालमा कार्यरत चिकित्सक डा. जाहिर आलम घाइते भएका थिए ।.jpg'_'.2023-02-12.jpg)
त्यसको विरोधमा चिकित्सक आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले ‘इनफ इज इनफ’, ‘रक्षक बन भक्षक होइन’, ‘विदेश पलायन हुन बाध्य नपार’जस्ता नारा लेखिएका प्लेकार्डहरू प्रदर्शन गरेका छन् ।.jpg'_'.2023-02-12.jpg)
.jpg'_'.2023-02-12.jpg)
.jpg'_'.2023-02-12.jpg)