शुक्रबार चिकित्समाथि प्रहरीले गरेको कुटपिटको घटनामा राष्ट्रपति विद्यादेवी भण्डारीले माफि माग्नुपर्ने राप्रपाले माग गरेको छ ।
शनिबार प्रवक्ता एवं प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले विज्ञप्ति जारी गर्दै शुक्रबार बाटोमा हिँड्दै गरेका ट्रमासेन्टरका चिकित्सकलाई प्रहरीले निर्घात कुटपिट गरी सिकिस्त बनाएको घटनाले राप्रपालाई मर्माहित बनाएको उल्लेख गर्दै राष्ट्रपतिले चिकित्सकसँग माफि माग्नुपर्नेमा जोड दिएका हुन् ।
प्रजातान्त्रिक मुलुकमा बाटोमा हिँडेका आमनागरिकलाई कुटपिट गर्नु र त्यसमाथि अति संवेदनशिल मानिएका चिकित्सकलाई नै कुटपिट गर्नु आपतीजन्य र निन्दनीय कार्य भएको राप्रपाको ठहर छ ।
राष्ट्रपतिलाई सम्मान दिनुपर्छ तर जनतालाई सास्ती दिएर होइन भन्दै राप्रपाले घटनाको घोर भत्र्सना गरेको छ ।
