राष्ट्रपतिको सवारीका बेला हिँडेकाे भन्दै ट्रमाका चिकित्सकमाथि प्रहरीको लाठीचार्ज

शुक्रबार, २७ माघ, २०७९
डिजिटल संस्करण

प्रहरीको लाठीचार्जबाट राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक डा. जनिथलाल सिंह घाइते भएका छन्। 

शुक्रबार अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा सुरक्षामा खटिएका प्रहरीको लाठी चार्जबाट उनी घाइते भएका हुन्। 

संघीय संसदको संयुक्त सदनलाई सम्बोधन गरेर राष्ट्रपति भण्डारी फर्कने क्रममा वीर अस्पताल बाहिर हिँडेका  चिकित्सक सिंहलाई त्यहाँ सुरक्षामा खटिएका प्रहरीले लाठी चार्ज गरेका थिए । उनको टाउँकोमा चोट लागेको छ। 

सोही घटनाको विरोधमा त्यहाँका चिकित्सकहरुले प्रर्दशन गरिरहेका छन्। ट्रमा सेन्टरअगाडिको सडकमा सो घटनाको विरोधमा चिकित्सकहरुले प्रर्दशन गर्ने क्रममा चिकित्सक र प्रहरीबीच भनाभन भएको थियो भने अतिव्यस्त सो सडक केहीबेर अवरुद्ध हुन पुगेको थियो।

घटनापछि ट्रमा सेन्टरको गेटमा बसेर चिकित्सकहरुले प्रहरीको विरोधमा प्रर्दशन गरिरहेका छने। यता, घटनाबारे जानकारी लिन वीर अस्पताल व्यवस्थापन र प्रहरी अधिकारीहरुबीच छलफल भईरहेको बताइएको छ।

सुझावित समाचार