नयाँ आयोजनाको सट्टा पुरानालाई सम्पन्न गर्ने गरी बजेट छुट्याउन राष्ट्रपतिको सुझाव

शुक्रबार, २७ माघ, २०७९
डिजिटल संस्करण
नयाँ आयोजनाको सट्टा पुरानालाई सम्पन्न गर्ने गरी बजेट छुट्याउन राष्ट्रपतिको सुझाव

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ साना आयोजनालाई बजेट छुट्याउनुको साटो पुराना आयोजनालाई समयमै सक्ने गरी निरन्तरता दिन सरकारलाई सुझाव दिएकी छिन् । शुक्रबार संघीय संसद्को दुवै सदनलाई संयुक्त रूपमा सम्बोधन गर्दै उनले यस्तो सुझाव दिएकी हुन् ।

अध्ययनविना सुरु गरिने साना आयोजनाले प्रतिफल नदिने र स्रोतको दुरुपयोग बढ्ने राष्ट्रपति भण्डारीले प्रस्ट पारिन् । उनले भनिन्, ‘प्रतिफल नदिने र आवश्यक अध्ययन विश्लेषणविना कार्यान्वयन गरिने ससाना आयोजनाले एकातिर स्रोतको दुरुपयोगलाई बढावा दिन्छ भने अर्कातिर सोबाट अपेक्षित प्रतिफल पनि प्राप्त हुँदैन ।’

राष्ट्रपति भण्डारीले आगामी दिनमा पुराना आयोजनालाई नीति तथा कार्यक्रममा समेट्न सरकारलाई सुझाव दिएकी छिन् । ‘सरकारले आगामी दिनमा यसअनुसार नै आफ्ना नीति तथा कार्यक्रम तय गर्नेछ भन्नेमा म विश्वस्त छु,’ उनले भनिन् ।

सुझावित समाचार