एसडी प्रोमो मिडियाले इइपिसी भारत र च्यमसन नेपालसँगको सहकार्यमा नेपाल मेडिकल तथा ल्याब एक्स्पो गर्ने भएको छ । फागुन १८–२० मा भृकुटीमण्डपमा हुने एक्स्पो सबैभन्दा ठूलो बिटुबी मेडिकल, डाइग्नोस्टिक, ल्याबरेटोरी तथा विश्लेषणात्मक समाधानहरूको प्रदर्शनी हुने आयोजकले जनाएको छ । प्रदर्शनीमा नेपालबाट तीन सयभन्दा बढी तथा अन्य देशहरूबाट आठ सयभन्दा बढी ब्रान्डले सहभागिता जनाउनेछन् ।
प्रदर्शनीमा सहभागी हुने मेडिकल तथा ल्याबरेटोरीका प्रमुख ब्रान्डहरूमा स्क्यानरे, एक्सिलेन्स, हिटाची, कोनिका, सोनी, जिई, फिलिप्स, थ्री एम, स्क्यारेर, बेन्क, विनब्याक, हेहिन, माइन्डरे, एड्यान, र्यानडोक्स, वोनडोक्स, अगापी, बिकन, होरिबा, एक्जिएस, जे मित्रा, मिअर्क, सिग्मा एल्डरिच, हन्ना, बेकम्यान कोल्टर, थेर्मो फिसर, अबान्टर, र्याडबाग, म्यागनस, स्याटोरियस, एस्को, सेनजेन बायोसेन्स, बोरोसिल, डि–ल्याब,, एन्यालिटिकन, रेटोलगायतका छन् ।
आयोजक संस्था एसडी प्रोमो मिडियाका डाइरेक्टर राजेश शर्माले यो एक्स्पो पछिल्ला संस्करणभन्दा पनि ठूलो हुने बताए । उनले भने, ‘यस प्रदर्शनीले विभिन्न मूल्यका नवीन प्रयोग तथा विविध उत्पादनहरू देखाउनेछ, जसले देशैभरिका विभिन्न ग्राहकको माग सम्बोधन गर्नेछ । यसका साथै यस एक्स्पोले साना तथा ठूला कम्पनीहरूलाई एक–अर्कासँग परिचय तथा सम्बन्ध बढाउँदै आफ्ना सिर्जनाहरू परिचित गराउनै सुनौलो अवसर दिनेछ ।’