युनियन लाइफ इन्स्योरेन्सको ८.९७ प्रतिशत बोनस प्रस्ताव पारित

शुक्रबार, २७ माघ, २०७९
डिजिटल संस्करण

युनियन लाइफ इन्स्योरेन्सको पाँचौँ वार्षिक साधारणसभाले सेयरधनीलाई ८.९७ प्रतिशत बोनस दिने प्रस्ताव पारित गरेको छ । साधारणसभाले आर्थिक वर्ष ०७७/७८ का लागि सो बोनस सेयर दिने भएको हो । बोनस सेयर वितरण गर्दा लाग्ने करबापतको रकम सेयरधनी स्वयंले भुक्तानी गर्नुपर्ने प्रस्ताव पारित गरेको छ ।

साधारणसभाले कम्पनीको हालको सेयर संरचनाबमोजिम कायम रहेको चुक्ता पुँजीअनुरूप संस्थापक समूहतर्फको ७० प्रतिशत सेयरमध्ये १९ प्रतिशत सेयरलाई सर्वसाधारण समूहमा परिवर्तन गरी संस्थापक तथा सर्वसाधारण सेयरको अनुपात ५१ : ४९ प्रतिशत कायम गर्ने प्रस्ताव पारित गरेको छ ।

यसैगरी, युनियन लाइफ इन्स्योरेन्स कम्पनी, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीबीच एक–आपसमा गाभिने सम्बन्धमा भएको प्रारम्भिक सम्झौतापत्रलाई अनुमोदन गरेको छ ।   
 

सुझावित समाचार