एक थान मोबाइल लुट्न हत्या

शुक्रबार, २७ माघ, २०७९
डिजिटल संस्करण

कालोपुलस्थित रुद्रमति मार्गमा एक थान मोबाइल डकैत गर्न व्यक्तिको हत्या गरिएको खुलेको छ । पर्सा वीरगन्ज मनपा– १५ का ५७ वर्षीय ध्रुवबहादुर खड्काको हत्या भएको हो । मोरङ सुन्दरहरँैचा नपा– ७ का ३२ वर्षीय रामबहादुर थापा हत्यामा संलग्न रहेको प्रहरीको भनाइ छ । उनले सोमबार बेलुका १० बजे कालोपुलस्थित रुद्रमति मार्गमा खड्काको हत्या गरेका थिए । हत्यापछि उनले खड्काको मोबाइल लिएका थिए । प्रहरीका अनुसार उनले खड्काको पर्स पनि लगेका थिए । 

अनुसन्धानपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एपी सोमेन्द्रसिंह राठौरले मोबाइल लुट्ने उद्देश्यले खड्काको हत्या भएको बताए । उनले भने, ‘कालोपुलमा एक अपरिचितको हत्या भएको खुल्यो । अनुसन्धानपछि हत्यामा संलग्न एक पक्राउ परे । उनले मोबाइल डकैत गर्ने उद्देश्यले खड्काको हत्या गरेकोजस्तो देखिन्छ । उनले मृतकको पर्स पनि लगेका छन्, तर पछि झाडीमा फालेको देखिन्छ ।’

प्रहरीका अनुसार सोमबार साँझ खड्का बत्तीसपुतलीमा थिए । उनलाई थापाले जबर्जस्ती ट्याक्सीमा राखेर कालोपुलतर्फ लगेका थिए । एकान्त ठाउँमा उत्रिएपछि थापाले खड्कालाई घिसार्दै कुनातर्फ लगेका थिए । त्यसपछि शरीर खनतालसी गरेका थिए । खड्काले प्रतिवाद गरेपछि उनले थापालाई लाती र मुड्कीले प्रहार गरेका थिए । घाइते खड्का चोटका कारण सडकमै ढलेका थिए । मरणासन्नपछि थापा साइकलमा भागेका थिए । पछि पुनः फर्किएर घाइते खड्काको छातीमा थापा उफ्रिएका थिए । सोही चोटका कारण उनको मृत्यु भएको प्रहरीको भनाइ छ । पक्राउ परेका थापाविरुद्ध थप अनुसन्धानका लागि पाँच दिनको म्याद थप भएको छ ।

See More On

सुझावित समाचार