सुदूरपश्चिम प्रदेशले नयाँ मुख्यमन्त्री पाएको छ। प्रदेशको सबैभन्दा ठूलो दल कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।
प्रदेश प्रमुख देवराज जोशीले संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
नवनियुक्त मुख्यमन्त्री शाहले भोलि शपथ लिनेछन्। उनले अब ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्नेछ। सदनबाट विश्वासको पाउन नसकेपछि मुख्यमन्त्री राजेन्द्रसिंह रावल आजै पदमुक्त भएका थिए।