एसियन पेन्ट्स नेपालले बजारमा ‘स्मार्ट केयर हाइड्रोलक’ नामक पेन्ट्स बजारमा ल्याएको छ । कम्पनीले नेपाली उपभोक्ताको एफ्लोरेसेन्स (नुनिया)को समाधानको आवश्यकतालाई ध्यान दिँदै नयाँ उत्पादन बजारमा ल्याएको हो ।
यो उत्पादन पेनिट्रेटिभ वाटर प्रुफिङ समाधान भएको कम्पनीको दाबी छ । यसले वाटर प्रुफिङ तथा नुनियाविरुद्ध तीन वर्षसम्मको वारेन्टी दिने कम्पनीले जनाएको छ । प्रयोग गर्न सबैभन्दा सहज हुनु नै हाइड्रोलकको सबैभन्दा राम्रो पक्ष रहेको कम्पनीको भनाइ छ ।
यसलाई प्लास्टर गरिएको भित्तामा सजिलै प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । हाइड्रोलक उत्कृष्ट डुअल टेक्नोलोजीका साथ आउने हुनाले ‘वाटर प्रुफिङको च्याम्पियन’का रूपमा स्थापित गरेको कम्पनीले जनाएको छ ।