उपन्यासकार भावना कँडेलको उपन्यास ‘फेक स्माइल’ को अन्तर्क्रिया तथा साक्षात्कार कार्यक्रम दुबईमा सम्पन्न भएको छ।
सिर्जना वाचन डबली युएईको आयोजना तथा एनआरएन युएई, सगरमाथा साहित्य प्रतिष्ठान युएई र इन्स युएईको सहकार्यमा कमो सिल्भर स्पोन रेस्टुरेन्टमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा लेखिका कँडेलले फेक स्माइल उपन्यास लेख्नुको परिस्थिति र दिन खोजेको सन्देशबारे बताएकी थिइन्। कार्यक्रमका प्रमुख अतिथि एनआरएन युएईका अध्यक्ष ठाकुरप्रसाद ढुंगानालगायत अन्तर्क्रियाका वक्ताहरूले सफलताको शुभकामना दिएका थिए।
कार्यक्रममा साहित्यकार तथा सञ्चारकर्मी निमेष गिरि, सगरमाथा साहित्य प्रतिष्ठानका महासचिव डिएल घिमिरे, इन्स युएईका वरिष्ठ उपाध्यक्ष विष्णु प्याकुरेल, ताप्लेजुङ सेवा समाजकी संरक्षक सोनी भण्डारी, एनआरएन युएईका उपाध्यक्ष रमेश ढकाल, अल रियादी इभेन्ट्सका सोनिल पराजुली, इनास युएईका महासचिव हरि मोक्तान, समाजसेवी खेमराज बस्नेत, सुजन सापकोटा, दीपक खड्का, एलिसराज सन्जेल, बैंकर्सहरू कृष्णकल्प दुलाल, राजन पोखरेल, ईश्वर अधिकारीलगायत युएईमा रहेका सर्जकहरू उपस्थित थिए।
कार्यक्रममा अतिथि सर्जक कँडेलका साथै युएईमा रहेका सर्जकहरूले आफ्ना सिर्जना वाचन गरेका थिए। सिर्जना वाचन डबलीका संयोजक जे सागरले संयोजन तथा सञ्चालन गरेकाे कार्यक्रममा आयोजकको तर्फबाट कँडेललाई सम्मान गरिएको थियो।

