सिके राउतको प्रश्न– संसदमा उठेका विषय कार्यान्वयन गर्ने कि एक–अर्काको भाषणको तारिफमै रमाउने ?

आइतबार, २२ माघ, २०७९
डिजिटल संस्करण
सिके राउतको प्रश्न– संसदमा उठेका विषय कार्यान्वयन गर्ने कि एक–अर्काको भाषणको तारिफमै रमाउने ?

फाइल तस्बिर

जनमत पार्टीका राष्ट्रिय अध्यक्ष चन्द्रकान्त राउतले संसदमा उठाइएका विषय कार्यान्वयन नभएकोमा चिन्ता व्यक्त गरेका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा उनले संसदमा उठेका विषय सरकारले कार्यान्वयनमा नलगेकोमा असन्तुष्टि जनाए ।

‘हामीले यहाँ जति पनि विषयवस्तु उठायौँ, आगामी बैठक सुरु हुनुभन्दा अघि त्यो विषयवस्तुमा कति कारबाही भयो, कति निराकरण भयो वा कतिवटा कुराको निराकरण गर्ने कामको सुरुवात भयो भन्ने जानकारी यहाँ होस् भन्ने अनुरोध गर्न चाहन्छु,’ उनले भने ।

संसदमा उठेका विषय सम्बोधन नभए आफूहरूले बोल्नुको कुनै औचित्य नहुने भन्दै सांसद रावतले यस विषयमा आश्वस्त पार्न आग्रह गरे । उनले भने, ‘यो गरिमामय संसदमा बोलिराख्दा सबैभन्दा पहिले म आश्वस्त हुन चाहन्छु कि यहाँ केही कुरा बोल्दा त्यसले अर्थ राख्छ । त्यो कतै सुनिन्छ कि हामी केवाल भित्तालाई, खाली कुर्सीलाई सुनाइराखेका छौँ ? सरकार यो संसदप्रति जिम्मेवार छ, उत्तरदायी छ, त्यो कुरामा सबैभन्दा पहिले म सभामुखज्यूबाट आश्वस्त हुन चाहन्छु । नभए त काग कराउँदै गर्छ पिना सुक्दै गर्छ भनेजस्तै भयो ।’
 

सुझावित समाचार