सुनचाँदी बजारमा आइतबार छापावाल सुनको मूल्य अघिल्लो दिनको कारोबारको तुलनामा प्रतितोला रु. दुई हजारले घटेको छ । अघिल्लो दिन प्रतितोला रु. एक लाख ६ हजार एक सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु. एक लाख चार हजार एक सय तोकिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. एक लाख तीन हजार ६ सय छ । अघिल्लो दिन उक्त सुन रर. एक लाख पाँच हजार ६ सयमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु. ४५ घटेर रु. एक हजार तीन सय २० तोकिएको महासंघले जनाएको छ । महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने कारोबार मूल्यको आधारमा यहाँ दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।