प्रहरी प्रधान कार्यालयले एक सय ५० जना नायब उपरीक्षक (डिएसपी)को सरुवा गरेको छ । सरुवामा विभिन्न जिल्ला, वृत्त तथा इप्रकाका प्रमुख फेरिएका छन्।
डिएसपी अञ्जना श्रेष्ठको पूर्वी रुकुम, उमेश जोशीको सातदोबाटो वृत्त, किशोर लम्साल दैलेख, दीपक खड्का दोलखा, कृष्णकुमार चन्द सातदोबाटो वृत्त, गोविन्द पन्थी मनाङ, दीपक केसी ओखलढुंगा, दीपक गिरी मुगु, दीपक श्रेष्ठ सोलुखुम्बु, नरहरि अधिकारी कालिमाटी वृत्त, नमराज भट्टराई पश्चिम रुकुम, नवराज मल्लको इप्रका धरानमा सरुवा भएको छ ।
इप्रका इटहरीमा पवन भट्टराई, जुम्लामा प्रल्हाद कार्की, जनसेवा वृत्तमा भेषराज रिजाल, इप्रका लहानमा भोला भट्ट, इप्रका दमकमा मनोज लामा, ठिमी वृत्तमा रविन्द्र श्रेष्ठ, तेह्रथुममा राजन चापागाईं, ताप्लेजुङमा राजन लिम्बू, कीर्तिपुर वृत्तमा राजु लामा, डोल्पामा शिवकुमार बढुथोकी, जाजरकोटमा सन्तोष रोका, इप्रका कोहलपुरमा सुन्दर तिवारी, रसुवामा सुवास बुढाथोकीको सरुवा भएको छ।
आज नै प्रहरी प्रधान कार्यालयले ९५ जना एसपीको पनि सरुवा गरेको छ।