परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल कोलम्बो प्रस्थान

बिहिबार, १९ माघ, २०७९
डिजिटल संस्करण

परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल श्रीलंकाको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन आज कोलम्बो प्रस्थान गरेकी छिन् ।

परराष्ट्रमन्त्री पौड्याललाई बन्दरानाइके इन्टरनेसनल विमानस्थलमा श्रीलंकाका सांसद परमिता बन्दरा तेनाखुनले स्वागत गर्नेछिन् । मन्त्री पौड्याल आज साँझ श्रीलंकाका लागि नेपाली राजदूत वासुदेव मिश्रले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनेछिन् । यस अवसरमा उनले श्रीलंकामा रहेका नेपाली समुदायसँग अन्तर्क्रिया गर्ने कार्यक्रम तय भएको छ ।

मन्त्री पौड्यालले भोलि शुक्रबार श्रीलंकाका समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम छ भने माघ २१ गते श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघे र प्रधानमन्त्री दिनेश गुणबर्द्धेनसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । मन्त्री पौड्याल माघ २२ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

सुझावित समाचार