च्याटजिपिटीको प्रो भर्सन सार्वजनिक, कति लाग्छ शुल्क ?

बिहिबार, १९ माघ, २०७९
डिजिटल संस्करण

ओपनएआईले च्याटजिपिटीको प्रो भर्सन सार्वजनिक गरेको छ । कम्पनीले मासिक २० डलर शुल्कमा बुधबार प्रिमियम भर्सन सार्वजनिक गरेको हो ।

च्याटजिपिटी प्लस भनिएको यो पाइलट प्लानले प्रयोगकर्तालाई अत्यधिक ट्राफिक भएको समयमा पनि च्याटबटमा सहज पहुँच दिने बताइएको छ । सुरुमा अमेरिकामा मात्र उपलब्ध यो सेवा बिस्तारै अन्य देशमा उपलब्ध गराउने कम्पनीको तयारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

कम्पनीले ‘कम लागत योजना, व्यावसायिक योजना र अधिक उपलब्धताका लागि डाटा प्याकको विकल्पहरू सक्रिय रूपमा अन्वेषण गरिरहेको’ जनाएको छ ।

सुझावित समाचार