माघ २४ र २५ गते पसगाउँ महोत्सव

बिहिबार, १९ माघ, २०७९
डिजिटल संस्करण

लमजुङको क्व्होलासोंथार गाउँपालिका– ६ को पसगाउँमा माघ २४ र २५ गते १३औँ पसगाउँ महोत्सव हुने भएको छ । बुधबार बेँसीसहरमा पत्रकार सम्मेलन आयोजना गरी महोत्सवबारे जानकारी गराइएको हो ।

ग्रामीण पर्यटनको विस्तार गर्ने उद्देश्यले ०६० वैशाख १६ र १७ गते आयोजना भएको पहिलो महोत्सव निरन्तर चल्दै आएको छ । लोकसंस्कृति तथा स्थानीय हस्तकला प्रदर्शनी महोत्सवको मुख्य आकर्षण रहने होमस्टे व्यवस्थापन समितिका अध्यक्ष बलराम गुरुङले बताए ।

दुई दिनसम्म चल्ने महोत्सवमा स्थानीय हस्तकला, सांस्कृतिक नाचगान साथै अर्गानिक खानाको स्वाद चाख्न पाइने आयोजकले जनाएको छ । लमजुङ हिमाल, अन्नपूर्णलगायत हिमालय पर्वत शृंखलाका अनुपम दृश्य देख्न पाइने महोत्सव कोम्रेडाँडालाई पिकनिक स्पटको रूपमा विकास गरिएको छ ।

हाल  पसगाउँमा २१ घरमा होमस्टे सञ्चालनमा रहेको छ । कृष्णचरित्र नृत्य, झ्याउरे नाच, सारंगी नृत्य, घाटुजस्ता लोपोन्मुख नृत्यका लागि पसगाउँ परिचित छ ।

सुझावित समाचार