फक्सवागन गाडीको एक्सचेन्ज अफर

बिहिबार, १९ माघ, २०७९
डिजिटल संस्करण

नेपालका लागि फक्सवागनको आधिकारिक विक्रेता पूजा इन्टरनेसनल नेपाल प्रालिले ‘स्विच टु प्रिमियम’ नामक एक्सचेन्ज योजना सुरु गरेको छ । कम्पनीले आफूसँग भएको पुरानो गाडीलाई साटेर नयाँ गाडी खरिद गर्न चाहने ग्राहकहरूका लागि माघ १८ देखि लागू हुने गरी देशव्यापी रूपमा एक्सचेन्ज अफर सुरु गरेको हो । 

आफ्नो पुरानो गाडी साटेर नयाँ फक्सवागनको गाडी खरिद गर्ने ग्राहकहरूले पुरानो गाडीमा बजारमा पाउनेभन्दा राम्रो मूल्यांकन दिइने कम्पनीले जनाएको छ । साथै, योजना अवधिभर ग्राहकहरूले विभिन्न अतिरिक्त सुविधा पनि प्राप्त गर्न सक्ने जनाइएको छ । यसका साथै फक्सवागनका ग्राहकलाई विशेष लोयल्टी बोनस, फ्री एक्सेसरिजलगायतका सेवा प्रदान गरिने कम्पनीले जनाएको छ । साथमा तीनजना भाग्यशली ग्राहकले लक्जरी रिसोर्टमा स्टेकेसन पनि जित्न सक्ने जनाइएको छ ।

हाल नेपालमा फक्सवागनका पोलो, टिगुआन, अलस्पेस र टोरेज भेरियन्ट देशभर रहेका आप्mना सोरूममा उपलब्ध रहेको कम्पनीले जनाएको छ । फक्सवागनका गाडी एक वर्ष वा १५ हजार किलोमिटरमा सर्भिसिङ गर्दा हुने भएकाले ग्राहकको समय बचाउन मद्दत गर्नुका साथै दुई वर्षको अनलिमिटेड किलोमिटर वारेन्टी र प्रत्येक कारमा तीन वर्षको पेन्ट वारेन्टी उपलब्ध गराउने गरेको कम्पनीको भनाइ छ ।

सुझावित समाचार