त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नौ किलो सुनसहित विदेशी नागरिक पक्राउ

बिहिबार, १९ माघ, २०७९
डिजिटल संस्करण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नौ किलोग्राम सुनसहित क्यानडाका नागरिक पक्राउ परेका छन् ।  त्रिभुवन विमानस्थल भन्सार कार्यालयको टोलीले युनाइटेड अरब इमिरेट्स (युएई)को दुबईबाट सुन लिएर नेपाल आएका क्यानडाका नागरिक ३५ वर्षीय मोहम्मद कमल माहगौवलाई गएराति चेकजाँचका क्रममा पक्राउ गरेको हो ।  

कार्यालयका प्रमुख अरुण पोखरेलका अनुसार प्लाई दुबईको एफ–२५७३ मार्फत काठमाडौं आएका उनलाई गएराति १२ बजे पक्राउ गरिएको हो । उक्त घटनाबारे अनुसन्धान भइरहेको पोखरेलले  बताए ।

   
 

See More On

सुझावित समाचार