राप्रपा सांसदले फेरि दिए संघीयता र गणतन्त्रविराेधी अभिव्यक्ति

बुधबार, १८ माघ, २०७९
डिजिटल संस्करण

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदले फेरि संघीयता र गणतन्त्रविराेधी अभिव्यक्ति दिएका छन्। प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै राप्रपा सांसद ज्ञानेन्द्रबहादुर शाही, धवलशमशेर राणालगायतका सांसदले यस्तो अभिव्यक्ति दिएका हुन्। 

विशेष समयमा बोल्दै नेकपा एमालेका सांसद रघुजी पन्तले संविधानका आधारभूत विषयमा सरकारका मन्त्रीहरूबीच मत बाझिन नहुने र सार्वजनिक विवाद देखिन नहुनेतर्फ सरकारको ध्यानाकर्षण गराए। 

यसैगरी, नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले मन्त्रिपरिषद्का सदस्यहरूले संविधानको व्यवस्थाविपरीत बोल्न नहुने धारणा व्यक्त गरे। केही समयअघि संघीयता र गणतन्त्रविराेधी अभिव्यक्ति दिएकाे भन्दै प्रधानमन्त्री प्रचण्डले सरकारबाट बाहिरिन चेतावनी दिएका थिए। 

सुझावित समाचार